२१ मंसिर, केराबारी । केराबारी–९ कुसुमेमा जारी कुसुमे उद्यौली फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको दोस्रो दिनको खेलमा लेटाङ फुटबल क्लबलाई २–३ गोलको अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो । सशस्त्रको तर्फबाट योगेश बुर्जाले १ गोल र आकाश राईले २ गोल लगाएका थिए भने लेटाङ फुटबल क्लबको तर्फबाट मनि राईले एक्लै दुई गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच सशस्त्रको आकाश राई घोषित हुँर्दै १५ सय नगद पुरस्कार प्राप्त गरेका थिए । भोलि हुने आइतबारको खेल बेलबारी फुटबल क्लब र पथरी फुटबल क्लब बिच हुने क्लबको अध्यक्ष भक्तशेर लिम्बुले बताए ।