२२ मंसिर, केराबारी । केराबारी -९ कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगितामा बेलबारी फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई १–० गोल अन्तरले अन्तरले पराजित गर्दै बेलबारी फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले १ गोल गरेका थियो । आइतबारको म्यान अफ द बेलबारीको तर्फबाट म्याच गोलकर्ता भूषण सुब्बा नै घोषित भए ।
आइतबारको खेल बिजेता बेलबारी फूटबल क्लबले मंसिर २४ गते हुने सेमिफाइनलमा शसस्त्र प्रहरी बल पुर्वान्चलसँग प्रतिस्पर्धा गर्नेछ । भोलि हुने सोमबारको खेल डागीहाट फुटबल क्लब र इटहरी फुटबल क्लबको अध्यक्ष भक्तशेर लिम्बुले बताए ।