डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश { तस्बिर सहित } – Satabdi News

डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश { तस्बिर सहित }



२३ मंसिर, केराबारी । केराबारी -९ कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगितामा डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको चौथो दिनको खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २ –१ गोल अन्तरले पराजित गर्दै डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । डागीहाटको तर्फबाट पहिलो हाफको २३ औ मिनेटमा जर्सी नम्बर १० का खेलाडी शेखर चेमजोङले १ र दोस्रो हल्फ़मा पनि उसैले १ गोल गरेका थियो ।

तालतलैया फुटबल क्लब इटहरीको तर्फबाट भने जर्सी नम्बर १६ ओ किरण राईले १ गोल गरेको हो । सोमबारको भएको खेलमाडागीहाट युथ क्लबको तर्फबाट म्याच अफ दि म्याच शेखर चेमजोङ नै घोषित भए ।

भोलि हुने मगलबारको खेल डागीहाट फुटबल क्लब र ससस्त्र प्रहरी बल पुर्बवाचल क्लब बिच हुने क्लबका अध्यक्ष भक्तशेर लिम्बुले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश { तस्बिर सह..." A few seconds ago

सम्बन्धित खवर