अध्यक्ष सहित पाँच जनलाइ क्याम्पस् प्रवेशमा निषेध – Satabdi News

अध्यक्ष सहित पाँच जनलाइ क्याम्पस् प्रवेशमा निषेध

२३ मङ्सिर, इटहरी । जनता बहुमूखी क्यम्पस इटहरीका बिद्यार्थी सङ्गठनहरूले अध्यक्ष सहित पाँच जनलाइ क्याम्पस् प्रवेशमा निषेध गरेका छन् । निषेध पर्नेहरुमा क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रेवती रमण भण्डारी, क्याम्पस प्रमुख भोजराज श्रेष्ठ तथा सहायक क्याम्पस प्रमूखहरु गिता अधिकारी, युवराज सिटौला र तोललनाथ काफ्ले रहेका छन ।

आइतबार आयोजित बृहत ख्रीष्टमस् महोत्सवको कार्यक्रमले पठन-पाठनमा अवरोध गरेको भन्दै विरोध गर्ने ६ जना विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विद्यार्थी नेताहरूलाई प्रहरी पकाउ गर्नेको उनीहरूको भुमिका रहेको भन्दै प्रवेश निषेध गरेको विद्यार्थी नेता सहदेव काफ्लेले बताए । त्यसै गरि अर्का विद्यार्थी नेता चन्द्र किरातीले क्याम्पसको शैक्षिक वतावरण तथा पठन-पाठनमा अवरोध पर्ने कुनै पनि कार्यको विद्यार्थी सङ्गठनहरू एक जुट भएर विरोध गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अध्यक्ष सहित पाँच जनलाइ क्याम्पस् प्रवेशमा निषेध" A few seconds ago

सम्बन्धित खवर