वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन
२२ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ चयन भएका छन् । मंगलबार बसेको वाइसिएलको बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको हो । यसअघि वाइसिएलको राष्ट्रिय सम्मेलनले पदाधिकारीविनै केन्द्रीय समितिको घोषणा गरेको थियो । राष्ट्रिय सम्मेलन सकिएको १०

