वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन – Satabdi News

वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन

२२ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ चयन भएका छन् ।

मंगलबार बसेको वाइसिएलको बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको हो ।

यसअघि वाइसिएलको राष्ट्रिय सम्मेलनले पदाधिकारीविनै केन्द्रीय समितिको घोषणा गरेको थियो । राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि वाइसीएलले संयोजक र उपसंयोजक चयन गरेको हो ।

राष्ट्रिय सम्मेलनमा अध्यक्षका दाबेदार देवकोटा र सिर्पालीबीच सहमतिको प्रयास गरिए पनि जुट्न नसकेपछि पदाधिकारीविनै दुई सय ३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको थियो । संयोजक र सहसंयोजक चयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन" A few seconds ago

सम्बन्धित खवर