पूर्वकै पहिलो पटक इटहरीको अमित वर्कशवमा म्याक सर्भ सेवा सुचारु – Satabdi News

पूर्वकै पहिलो पटक इटहरीको अमित वर्कशवमा म्याक सर्भ सेवा सुचारु

–अर्जुन राई अपहेलित

१९ भाद्र,  इटहरी । सुनसरीको इटहरी–४ आइतबारे स्थित रहेको अमित मोटरसाइकल वर्कशवमा म्याक सर्भको सेवा सुचारु गरिएको छ ।

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्धारा उत्पादित विश्वप्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गको संयुक्त परियोजनामा सिप्रदीद्वारा इटहरीकोे अमित माोटरसाइकल वर्कशवललाई मयाक सर्भमा स्तरोन्नती गरिएको होे ।

शनिबार भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी सिप्रदी ट्रेडिङ्गका डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र वर्कशवका सञ्चालक अमित रराजवंशीले संयुक्त रुपमा रिबन काटेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै कन्ट्री मयानेजर धमलाले ग्राहकहरुलाई अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्रदान गर्न म्याक सर्भको सेवा सुचारु गरिएको बताए ।
उनले भने “इटहरी क्षेत्रमा अमित मोटरसाइकल वर्कशवले लिएको चर्चाको आधारमा पूर्वमा सबैभन्दा पहिलोे पटक योे सेवा सुरु गरेका हौं ।”

देशको विभिन्न स्थानहरुमा रहेका मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गर्दै आएको सिप्रदीले छैंठो पठक इटहरीमा कार्यक्रम गरेको जानकारी गराउँदै सिप्रदी ट्रेडिङ्गका डेप्युटी जनरल म्यानेजर श्रेष्ठले म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाईकल तथा स्कुटर ठूलाठूला सवाररी साधनहरुको समेत सर्भिसिङ सेवा प्रदान गरिने बताए ।

कार्यक्रमका बीच सिप्रदीले इटहरी आसपास रहेका कान्छा ग्यारेज, अटो ग्यारेज, महादेव ग्यारेज, सन्दिप ग्यारेज, सुनिल ग्यारेज, रवि ग्यारेज र आर.के. ग्यारेजलाई कन्ट्री मयानेजर धमला मार्फत मायाको चिनो प्रदान गरेको अमित वर्कशवका इन्जार्च दिपेन्द्र कार्कीले जानकारी दिए ।
त्यस्तै, कार्यक्रममा उपस्थित कन्ट्री मयानेजर धमला, सिप्रदी ट्रेडिङ्गका डेप्युटी जनरल म्यानेजर श्रेष्ठ, म्याक ल्युब्रिकेन्टस्का बजार व्यवस्थापक रोशन मल्ल र कार्यक्रम सहजकर्ता तथा डिप्युट मेनेजर हेमन्त लिम्बुलाई वर्कशवको तर्फबाट अमित राजवंशीले मायाको चिनो हस्तान्तरण गरेको इन्चार्ज कार्कीले जानकारी दिए ।

काठमाडौँ, पोखरा, लहान र चितवन लगाएतका क्षेत्रमा आफ्नो सेवा विस्तार गरिसकेको सिप्र्रदीले छैठौं पटक इटहररीमा म्याक सर्भको सेवा विस्तार गरेको हो ।
म्याक सर्भमा स्तरोन्नती भए संगै अमित वर्कशवले अब विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउने जनाइएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पूर्वकै पहिलो पटक इटहरीको अमित वर्कशवमा म्याक स..." A few seconds ago

सम्बन्धित खवर