चुनाव सम्ममा एमाले एकता हुन्छः मुख्यमन्त्री आचार्य – Satabdi News

चुनाव सम्ममा एमाले एकता हुन्छः मुख्यमन्त्री आचार्य

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आगामी निर्वाचन सम्म एमाले एकता हुने दाबी गरेका छन् ।

आइतबार नेकपा एमाले जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अझै पनि एकताको सम्भावना कायम रहेको बताएका हुन् ।

उनले एमाले विभाजन भएपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा कार्यकर्ताको कुनै आकर्षण नभएको समेत उल्लेख गरेका छन् ।

सम्बोधनका क्रममा उनले भने “अहिले पनि केही बिग्रिएको छैन । पुराना कमरेडहरूलाई गाली गर्ने काम नगर्नुहोला । नीति कार्यक्रम, सिद्धान्त सबै हामी सँगै छ ।”

आफूहरूले १० बुँदे सहमतिमा धेरै मेहनत गरेको बताउँदै उनले प्रतिगामी अध्यादेशको कारण पार्टी विभाजन भएको प्रस्ट पारे । एमाले पार्टी बिगार्न काँग्रेसले अध्यादेश ल्याएको उनको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चुनाव सम्ममा एमाले एकता हुन्छः मुख्यमन्त्री आचार्य" A few seconds ago

सम्बन्धित खवर