बोयर बाख्रा प्रकरणको प्रतिवेदन नगरप्रमुखले भोलि आइतबार सार्बजनिक गरिन्दै – Satabdi News

बोयर बाख्रा प्रकरणको प्रतिवेदन नगरप्रमुखले भोलि आइतबार सार्बजनिक गरिन्दै

१९ भाद्र, बेलबारी । बेलबारी बोयर बाख्रा प्रकरण बारे सत्य तथ्य बाहिर ल्याउन गठन भएको छानबिन समितिले भाद्र ६ गते बुझाएको प्रतिवेदन भोलि आईतवार नगरप्रमुखले सार्बजनिक गर्ने भएको छ ।

जेठको दोस्रो साता नगरपालिकाले किसानलाई शुद्ध अष्ट्रेलीयल बोयर भनेर वितरण गरेका बाख्राहरू अस्ट्रेलियन नभएको, नेपालकै कुनै फमबाट ल्याएर जनतालाई अस्ट्रेलियन भनेर झुक्याएको, यसमा व्यापक अनियमितता भएको भन्दै व्यापक विरोध भए पछि नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा पाँच सदस्सीय छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले तयार गरिएको प्रतिबेदन नगरप्रमुखले जस्ताकै जस्तै सार्बजनिक हुने कुरामा विस्वत भएको कुरा छानबिन समितिको संयोजक बिन्दु गुरुङले बताए । यदि जस्ताकै जस्तै सार्बजनिक नगरि हो छानबिन समितीको भुमिका र गरिएको कामको प्रतिबेदन सबै औचित्यहिन हुने कुरा शताब्दी न्युजलाई बताए ।

बुधबार बसेको नगरबोर्डको बैठकले बोयर बाख्रा प्रकरणको प्रतिवेदन भाद्र २० गते मध्यान ४ बजे सम्ममा सार्बजनिक गर्न सक्ने कुरा बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बोयर बाख्रा प्रकरणको प्रतिवेदन नगरप्रमुखले भोलि..." A few seconds ago

सम्बन्धित खवर