तयार भयो कोशी करिडोर २२० केभी प्रसारणलाइनको पहिलो खण्ड

३२ साउन, काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ । प्रसारण

तालिवानका प्रवक्ताले भने : कसैसँग बदला लिँदैनौं

३१ साउन, काठमाडौं । अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका

अमेरिकी सैन्य टोली आइपुग्यो अफगानिस्तान

काबुल। तालिबान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । केन्द्रीय राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कूटनीतिज्ञ, कर्मचारीलगायत अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् । अफगानिस्तानमा संघर्षरत तालिबान

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९,

फेसबुकका कार्यालय जनवरीसम्म नखुल्ने

२९ साउन २०७८, शुक्रबार। फेसबुकले आफ्ना कर्मचारीहरुलाई अर्को वर्ष सन् २०२२ बाट मात्रै कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने भएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्टको फैलिँदो जोखिमका कारण अमेरिकाभरका आफ्ना कार्यालय भौतिक रुपमै पुनः खोल्ने फेसबुकको योजना आगामी वर्षसम्मका लागि धकेलिएको हो । आफूहरुको कार्यालय फिर्तीको विषय तिथिमितिले नभई तथ्यांकमा

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि

पार्टीकाे हरेक संरचनामा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन जसपा नेत्रीहरुको माग

२९ साउन २०७८, शुक्रबार। जनता समाजवादी पार्टीको महिला संगठन समाजवादी महिला महिला संघले पार्टीको हरेक तहको समिति तथा निकायहरुमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीका नेताहरुसँग माग गरेको छ । शुक्रबार समाजवादी महिला संघका पदाधिकारी तथा महिला नेत्रीहरुको टोलीले पार्टीका वरिष्ठ नेता अशोक राईलाई भेटेर पार्टीको हरेक संरचनामा ३३

आज नागपञ्चमी : नागको पूजा गरी मनाइँदै

२९ साउन २०७८, शुक्रबार । आज नागपञ्चमी । घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । यसरी नागको तस्बिर घरमा टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र

अफगानिस्तानको दोस्रो ठूलो सहरमा तालिवानको कब्जा

२९ साउन २०७८, शुक्रबार । सरकारविरुद्ध युद्धरत तालिवानले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दहरलाई कब्जामा लिएको छ । तालिवानले केही हप्ता अघिदेखि घेरा हालेर राखेको अफगानिस्तानको दक्षिण पूर्वी भागमा अवस्थित सहर कन्दहरलाई शुक्रबार पूर्ण रूपमा कब्जा गरेको हो । अधिकारीहरूले कन्दहर सहर तालिवानको कब्जामा पुग्नुलाई अमेरिकासमर्थित सरकारको अन्त्यको सुरुवात भएको बताएका

बेलबारीका सभाष तामाङले पाए नागरिकता

साउन २९, बेलबारी । मोरङको बेलबारी– ११ लक्ष्मी मार्गका सुभाष तामाङले नागरिकता पाएका छन्। उनले ६ वर्षपछि मोरङ जिल्ला प्रशासन कार्यालय मोरङबाट नयाँ नागरिकता पाएका छन् । मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका तामाङको अब मृत्यु दर्ता खारेज भएकाे छ । उनलाई बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि