अनिवार्य गरेको इम्बोष्ड नम्बर प्लेट जडान र वितरणमा रोक – Satabdi News

अनिवार्य गरेको इम्बोष्ड नम्बर प्लेट जडान र वितरणमा रोक

१ भाद्र, काठमाडौ । यातायात विभागले साउन एक गतेदेखि अनिवार्य गरिएको इम्बोष्ड नम्बर प्लेट एक महिना नपुग्दै जडान कार्य स्थगित भएको छ । गत हप्ता इम्बोष्ड नम्बर प्लेट जडानका लागि जिम्मा दिएको कम्पनीको म्याद सकिएको कारण जडान कार्य स्थगित हुन पुगेका हो ।

चार बर्ष अघि नै इम्बोस्ड जडानको जिम्मा पाएको डेकाटुर टाईगर इन्कर्पाेरेटको म्याद सकिएपछि वितरण तथा छपाई दुवै कार्य प्रभावित बनेको छ । हाल नेपालमा दर्ता भएका सवारी साधन मध्ये ३ प्रतिशत मात्रै उक्त इम्बोष्ड नम्बर प्लेट जडान भएको छ ।

विभागले गत फागुनमै उक्त नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने भने पनि तयारी नभएपछि गत चैतमा समय सारिएको थियो । तोकिएकै समय नम्बर प्लेट जडान कार्य अनिवार्य हुन नसकेपछि डेकाटुर टाईगर इन्कर्पाेरेटले काम गर्न सकेको थिएन ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि सरकारी सवारी साधनलाई पहिलो प्राथमिकता राखेको विभागले यस अघि तयार भएका सबै प्लेटहरु जडान गरिसकेको छ । ती निर्देशकका अनुसार हालसम्म जडान गरिएका इम्बोस्ड नम्बर प्लेटहरु कम्पनीको म्याद नसकिँदै छपाई भएका थिए ।

ती निर्देशकले भने ‘म्याद थपको सबै प्रक्रिया पुरा भईसके पनि कम्पनीले हालसम्म बैंक ग्यारेन्टी नल्याएपछि धकेलिरहेको छ,सोही कम्पनीले म्याद थप्न चासो देखाए हाल जडान गरिरहेको कम्पनीलाई नै दिने तर, सो कम्पनी सम्पर्कमा नआए अर्को कम्पनी नियुक्त गर्ने विभागको योजना छ ।

विसं २०७३ सालमै ५ बर्षभित्र अर्थात गत जेठ १७ गतेभित्र २५ लाख सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि उक्त कम्पनीसँग सम्झौता भएको थियो ।

तर, बीचमा इम्बोस्ड नम्बर प्लेटमा देवनागरिक अक्षर हुनुपर्ने भन्दै रिट परेपछि सर्वाेच्चले तत्कालका लागि यो कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । गत बर्षको असारमा सर्वाेच्चले जडानको बाटो खुलाई दिएपनि कम्पनीको म्याद जम्मा ११ महिनामात्रै बाँकी थियो ।

इम्बोष्ड नम्बर प्लेटलाई कसरी नियामन गर्ने भन्ने मोडालिटी यातायात विभाग तथा ट्राफिक प्रहरीसँग छैन ।
इम्बोष्ड डिजिटल नम्बर प्लेटलाई स्क्यान गर्ने, नियमन गर्ने पुर्वाधार विस्तार गर्ने कुनै प्रक्रिया अघि बढेका छैन । अहिले राजस्वको लोभले विना तयारी उक्त इम्बोष्ड नम्बर प्लेट जडान भइरहेको छ । हालसम्म यातायात विभागसँगै कुनै नियामन संयन्त्र छैन ।

इम्बोष्ड नम्बर प्लेटलाई नियमन गर्ने आरएफआईडी गेट राख्ने तयारी छ । काठमाडौं छिर्ने साँगा, थानकोट, लगाएतका नाकामा चालु आर्थिक बर्ष भित्र १६ ठाँउमा राखिने छ ।

आरएफआईडि गेट भन्नाले काठमाडौं छिर्ने नाकामा फलामको गेटमाथि आरएफआइडि स्क्यानर राखिएको हुन्छ । त्यस गेटबाट इम्बोष्ड नम्बर प्लेट जडान भएको सवारी साधन क्रस भएको खण्डमा उक्त आरफआईडिले रिड गर्छ र त्यसको डेटा यातायात कार्यालयको सर्भरमा पठाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अनिवार्य गरेको इम्बोष्ड नम्बर प्लेट जडान र वितर..." A few seconds ago

सम्बन्धित खवर