अमेरिकी सैन्य टोली आइपुग्यो अफगानिस्तान – Satabdi News

अमेरिकी सैन्य टोली आइपुग्यो अफगानिस्तान

काबुल। तालिबान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ ।

केन्द्रीय राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कूटनीतिज्ञ, कर्मचारीलगायत अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् ।

अफगानिस्तानमा संघर्षरत तालिबान लडाकुको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ । देशभरि रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी तालिबान लडाकुको नियन्त्रणमा रहेको उनीहरुले घोषणा गरेका छन् ।

अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकुले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन् । राजधानी कब्जा गर्ने अभियानमा उनीहरू निकै सफल देखिएका छन् । विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकुले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेका थिए । उनीहरूको छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकी सैन्य टोली आइपुग्यो अफगानिस्तान" A few seconds ago

सम्बन्धित खवर