तालिवानका प्रवक्ताले भने : कसैसँग बदला लिँदैनौं – Satabdi News

तालिवानका प्रवक्ताले भने : कसैसँग बदला लिँदैनौं

३१ साउन, काठमाडौं । अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् ।

तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् ।

बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ । कसैसँग पनि बदला लिने छैनौं ।’

प्रवक्ता शाहीनले आफूहरु अफगानिस्तानका नागरिकको सेवक भएको बताएका छन् । ‘काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भयो, हामी शान्तिसँग सत्ता चाहन्छौं’ उनले भनेका छन् ।

उनले तालिवानको सरकारमा अफगानिस्तानका नागरिकको प्रतिनिधित्व रहन्छ । अर्थात जो तालिवानमा आवद्ध नभए पनि सरकारमा सामेल हुन सक्छन् ।

तालिवानले शान्ति सुरक्षा कायम गर्न राजधानी शहर काबुलमा आफ्ना लडाकु परिचालन भएको जनाएको छ । काबुलका कतिपय इलाकामा चोरी र लुटपाट भएको सूचना आएको भन्दै तालिवानले उसका लडाकु अराजक तत्वलाई रोक्न शहरमा परिचालन भएको बताएको छ ।

तालिवानले आफ्ना लडाकुलाई नागरिकलाई दुख नदिन र कसैको घरमा नजान निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तालिवानका प्रवक्ताले भने : कसैसँग बदला लिँदैनौं" A few seconds ago

सम्बन्धित खवर