ओली सात महिनापछि पहिलो पटक बालुवाटार पुगे ; एमसीसीमा खोलेन मुख

२३ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात महिनापछि आइतबार पहिलो पटक बालुवाटार पुगे । छलफलको एजेण्डा थियो, संसदको अवरोध, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्थानीय तहको निर्वाचन । महासचिव शंकर पोखरेललाई लिएर

प्रदेश १ मा सरकारलाई पूर्णता; विस्तारित मन्त्रिपरिषद् सदस्य संख्या १४

२३ माघ, विराटनगर । तीन महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। राईले आइतबार आफ्नो दल एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन–तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले आइतबार नै सपथ लिएका छन्। आइतबारको

योङ्ग स्टार बेलबारी आयोजकलाई हराउदै लेटाङ एफ.सि. सेमिफाइनल

२३ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को दोस्रो खेल भएको छ । आज भएको खेलमा योङ्ग स्टार बेलबारी र लेटाङ एफ.सि. बीच कडा प्रतिस्पर्धाको साथ खेल सम्पन्न भएको छ । आज भएको खेल निकै रोमान्चक र दर्शकहरुको अपार साथको साथ टुङ्गिएको छ

स्पोर्ट्स एकेडेमी बिराटनगरलाई हराउदै युनिक महादेब क्लब बेलबारी सेमीफाईलनमा प्रबेश

२२ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता - २०७८ आजबाट शुरु भएको छ । आज भएको उद्घाटन खेलमा स्पोर्ट्स एकेडेमी बिराटनगर र युनिक महादेब क्लब बेलबारी बीच बेलबारी वडा नं. ८ को गौथली चोक ईम्ब्रियोको खेल मैदानमा कडा प्रतिस्पर्धाको साथ पहिलो खेल सम्पन्न भएको छ

बेलबारीले गुमाए दुई अग्रज अभिभावक

बेलबारी,२१ माघ । बेलबारीले दुई अग्रज अभिभावक एक दिनको अगि पछि गरि गुमाएकोछ। बेलबारीका अग्रज संस्कृतिकर्मी ,सङ्‌गीतकर्मी तथा अग्रज साहित्यकार रमेशकुमार तामाङको बुधवार बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएकोछ भने बिहिबार बिहान अर्का बेलबारीका अग्रज सामाजिक व्यक्तित्व प्रकाश मादेन लिम्बुको पनि उपचारका क्रममा शल्यक्रीया पश्चात इन्फेक्सनको कारण सरिरको सबै अङ्गहरु

ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै स्थगित खुल्ला नक-आउट फुटबल प्रतियोगिता पुन-संचालन हुने

माघ २१ , भाउन्ने । ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै माघ ९ गते स्थगित भएको दोस्रो योड्ग स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता -२०७८ फुटबल खेल भोलीबाट पुन सँन्चालन गरिने भएको छ।फुटबल प्रतियोगिता खेलको सम्पूर्ण तयारि सम्पन्न भएपनि अन्तिम समयमा स्थानीय प्रशासनबाट अनुमति नदिए पछि खेल रोकिएको थियो। अहिले कोरोना

पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन मन्त्री प्रेम आलेको अल्टिमेटम

१९ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (-याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया

क्रिप्टोकरेन्सी लगायत डिजिटल माध्यमबाट राजस्व चुहावट बढ्यो; अर्थमन्त्री शर्मा

१९ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राजस्व राष्ट्रको रगत पसिना रहेको भन्दै त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मंगलबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए । राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम

स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने सक्ने आयोगको अनुमान

१८ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने सक्ने अनुमान गरेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब

तोकिएको समयभित्रमा सबै निर्बाचन गर्नु पर्ने राष्ट्रपतिको सुझाब

१८ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक