स्पोर्ट्स एकेडेमी बिराटनगरलाई हराउदै युनिक महादेब क्लब बेलबारी सेमीफाईलनमा प्रबेश – Satabdi News

स्पोर्ट्स एकेडेमी बिराटनगरलाई हराउदै युनिक महादेब क्लब बेलबारी सेमीफाईलनमा प्रबेश

२२ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ आजबाट शुरु भएको छ । आज भएको उद्घाटन खेलमा स्पोर्ट्स एकेडेमी बिराटनगर र युनिक महादेब क्लब बेलबारी बीच बेलबारी वडा नं. ८ को गौथली चोक ईम्ब्रियोको खेल मैदानमा कडा प्रतिस्पर्धाको साथ पहिलो खेल सम्पन्न भएको छ ।

आज भएको खेलको दोस्रो हाफमा स्पोर्ट्स एकेडेमी बिराटनगर विरुद्ध युनिक महादेब क्लब जर्सी नं. ९ को सुजन मगरले गोल गरेका थिए । युनिक महादेब क्लब जर्सी नं. ९ का खेलाडी सुजन मगरको १ गोल नै निर्णायक बन्दै सेमीफाइनलमा प्रबेश गरेको हो । आजको खेलको म्यान अफ द म्याच सुजन मगरले नै हात पारे ।

म्यान अफ द म्याच खेलाडी सुजन मगर

योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथी युवा समाजसेवी काशी राज तामाङ र सुरज कार्कीको सभापतित्व र कार्यक्रम संचालक सोनम खतिवडाले (राजा) गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "स्पोर्ट्स एकेडेमी बिराटनगरलाई हराउदै युनिक महाद..." A few seconds ago

सम्बन्धित खवर