योङ्ग स्टार बेलबारी आयोजकलाई हराउदै लेटाङ एफ.सि. सेमिफाइनल – Satabdi News

योङ्ग स्टार बेलबारी आयोजकलाई हराउदै लेटाङ एफ.सि. सेमिफाइनल

२३ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को दोस्रो खेल भएको छ । आज भएको खेलमा योङ्ग स्टार बेलबारी र लेटाङ एफ.सि. बीच कडा प्रतिस्पर्धाको साथ खेल सम्पन्न भएको छ ।

आज भएको खेल निकै रोमान्चक र दर्शकहरुको अपार साथको साथ टुङ्गिएको छ । खेलको अन्तिम समय सम्म खेल भईराख्दा पनि कुनै पनि टिमले गोल गर्न सकेको थिएन । योङग स्टार बेलबारी र लेटाङ एफ.सि. बीच भएको कडा प्रतिस्पर्धात्मक खेलमा गोल नभए पछि टाइब्रेकरमा बेलाबारी योङ स्टार बेलबारीलाई हराउदै लेटाङ एफ.सि.ले सेमिफाइनल प्रबेश गरेको छ ।

आज भएको खेलको म्यान अफ द म्याच लेटाङ एफ.सि. को गोलकिपर जर्सी नं. १ भरत मगरले चुमेको छ । योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथी नेपाली काग्रेसका महासचिब सदस्य तथा केन्द्रीय अधिबेशन प्रतिनिधि महेन्द्र सुवेदी, अन्य अथितीहरुमा गंगा याख्खा, यज्ञ ढकाल, राजेन्द्र अधिकारी वडा नं. ३ का वडा सदस्य बिपिन आर्चायको सहभागी थियो भने सुरज कार्कीको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "योङ्ग स्टार बेलबारी आयोजकलाई हराउदै लेटाङ एफ.सि..." A few seconds ago

सम्बन्धित खवर