बेलबारीले गुमाए दुई अग्रज अभिभावक – Satabdi News

बेलबारीले गुमाए दुई अग्रज अभिभावक

बेलबारी,२१ माघ । बेलबारीले दुई अग्रज अभिभावक एक दिनको अगि पछि गरि गुमाएकोछ। बेलबारीका अग्रज संस्कृतिकर्मी ,सङ्‌गीतकर्मी तथा अग्रज साहित्यकार रमेशकुमार तामाङको बुधवार बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएकोछ भने बिहिबार बिहान अर्का बेलबारीका अग्रज सामाजिक व्यक्तित्व प्रकाश मादेन लिम्बुको पनि उपचारका क्रममा शल्यक्रीया पश्चात इन्फेक्सनको कारण सरिरको सबै अङ्गहरु निस्क्रीय भई  निधन भएको हो।

स्वर्गीय : रमेशकुमार तामाङ

बोनम्यारो क्यान्सरबाट पीडित भएर तामाङको दुई सातादेखि काठमाडौँमा उपचार भइरहेको थियो । स्वर्गीय तामाङ बेलबारीका एक अग्रज, राजनेता, स्रष्टा तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित रहेका छन् । तत्कालीन पहिलो स्थानीय निर्बाचनमा बेलबारी गाविस वडा नं १ का वडा अध्यक्ष निर्बाचित भएर धेरै राम्रा काम गरेका स्वर्गीय तामाङ एक लोकप्रिय व्यक्तित्व हुन्। सधै हासी रहने कसैलाई न बिझाउने सरल व्यक्तित्वको रुपमा बेलबारीबासी सम्झन चाहन्छन।

नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय महासचिव समेत रहेका स्वर्गीय तामाङ प्यारामेडिकल एसोसिएसन नेपालको प्रथम राष्ट्रिय अधिवेशनका संयोजक एवम् आफैमा एक स्वास्थ्यकर्मी समेत थिए । स्वर्गीय तामाङको शव भोलि बिहान सनिबार अन्त्येष्टि गरिने बेलबारी नगरपालिका वडा नम्बर १ का सदस्यसमेत रहेका उनका छोरा रसिन लामाले बताए ।

स्वर्गीय : प्रकाश मादेन लिम्बु

त्यसैगरि स्वर्गीय प्रकास मादेन लिम्बु पनि बेलबारीका एक चर्चित तथा लोकप्रिय व्यक्तित्व थिए। हसिलो स्वभाबका लिम्बु आँखामा राख्दा पनि नबिझाउने स्वभाबका बेलबारीबासी बताउछन। किरात याक्थुङ चुम्लुङ मोरङ्गका सस्थापक अध्यक्ष स्वर्गीय लिम्बु बिभिन्न सामाजिक संघ सस्था तथा जातिय संघ सस्थामा अग्रपंथीमा बसेर काम गरेका थिए।

पूर्ण समाबेसी तथा पहिचानको पक्षमा खरो बहस गर्न मन पराउने स्वर्गीय लिम्बु , आदिबासी जनजातिहरुको पहिचान र अधिकारको आन्दोलनहरुमा मोर्चा सम्भालेर सरिक हुन्थे। स्वर्गीय लिम्बुको आज शुक्रबार लिम्बु परम्परा अनुसार अन्त्येष्टि गरिएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीले गुमाए दुई अग्रज अभिभावक" A few seconds ago

सम्बन्धित खवर