४-० को अन्तरमा आयोजक(B) EYC हराउदै तालतलैया फुटबल क्लब सेमीफाईनलमा – Satabdi News

४-० को अन्तरमा आयोजक(B) EYC हराउदै तालतलैया फुटबल क्लब सेमीफाईनलमा

२४ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को तेस्रो खेल सम्पन्न भएको छ । आज भएको खेलमा तालतलैया फुटबल क्लब र आयोजक(B) E.Y.C बीच कडा प्रतिस्पर्धात्मक खेलको साथ सकिएको छ ।

तालतलैया फुटबल क्लबले खेलको हाफ समय सम्ममा आयोजक(B) EYC लाई २ गोल गरेका थिए । जसले गर्दा आयोजक (B)EYC आफुले गोल गर्न नसकेको कारण गोल गर्नको लागि मैदानमा धेरै कसरत गर्नु परेको थियो । खेलको हाफ पछि तालतलैया फुटबल क्लबले निरन्तर २ गोल गरेपछि ४-० को अन्तरले आयोजकलाई पछि पार्दै तालतलिया फुटबल क्लब सेमिफाइनलमा प्रबेश गरेको हो । तालतलैया फुटबल क्लबको खेलाडीहरु जर्सी नं. ९ सुमित चौधरी, जर्सी नं. १० सुसन लामा, जर्सी नं. १७ राजेश लुङ्गेली, जर्सी नं. २८ सिजल राईले गरि जम्मा ४ गोल गरेका थिए ।

आज भएको खेलमा म्यान अफ द म्याच तालतलैया फुटबल क्लबको जर्सी नं. ८ असिम राईले आफ्नो पोल्टामा पारेका थिए । खेलको मेन रेफ्रीको रुपमा सजित धिमालले निर्बाह गरेका थिए ।

मोरङ बेलबारी वडा नं ८ को एम्ब्रियो खेल मैदानमा भईरहेको दोश्रो योङ्ग स्टार ११ खुल्ला नक-आउट फुटबल हेर्ने दर्शकहरुको चाप र सहभागी उत्साह जनक भएकोमा क्लबको अध्यक्ष जोहन राईले खुशी व्यक्त गरेका छ्न ।

आज भएको कार्यक्रमका प्रमुख अतिथी मोरड जिल्ला खेलकुद बिकास समितीका उपाक्ष्यक्ष तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य शितल राय रहनु भएको थियो । अन्य अतिथिहरुमा जसपाको युवा नेता केदार धिमाल र शंकर गुरुङ, देबिका राई, कमल राईको समेत उपस्थित रहेको थियो भने खेल संयोजक सुरज कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "४-० को अन्तरमा आयोजक(B) EYC हराउदै तालतलैया फुट..." A few seconds ago

सम्बन्धित खवर