आगामी चुनावमा गठबन्धन नेपाली कांग्रेसलाई आवस्यक; वरिष्ठ नेता रामचन्द्र पौडेल – Satabdi News

आगामी चुनावमा गठबन्धन नेपाली कांग्रेसलाई आवस्यक; वरिष्ठ नेता रामचन्द्र पौडेल

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन् । कतिपयले राष्ट्रिय सभासम्म मात्र गठबन्धन भनेको भन्दै उनले भनेका छन्, ३० प्रतिशत कांग्रेससँग मत छ । ७० प्रतिशत कांग्रेसभन्दा बाहिर छ । ७० प्रतिशत एकैठाउँमा गयो भने के हुन्छ ?’

अहिले कांग्रेससँग ३० प्रतिशत मात्र मत रहेको र ७० प्रतिशत बाहिर रहेको उनले बताए । उनले अघि भने, एक्लै जान्छौं, तिमीहरू नजिक आउनु पर्दैन भन्न थाल्नुभयो भने त्यो बेला बाध्य भएर सबै एकै ठाउँमा पुग्यो भने के हुन्छ ?’
गठबन्धनकै बलमा कांग्रेसले राष्ट्रियसभामा तीन सांसद थप्न सकेको नेता पौडेलले बताए । ‘प्रधानमन्त्री पद पनि पाएकै हो, राष्ट्रियसभामा ६ जना जिताएका छौं । एक्लै पाएको हो ?’ उनले भने, ‘अब यो गठबन्धन तोडेर जाने कहाँ ?’

‘जहाँ एक्लै लडेर जित्नसक्छौं, त्यहाँ एक्लै लडौं । जहाँ आफ्नो स्थिति पनि कमजोर छ, उताको स्थिति पनि कमजोर छ । दुबै मिलेर जितिन्छ भने किन नमिल्ने ?’

समावेशी प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत नआउने भन्दै उनले कोलिसन कल्चरलाई संविधानले अनिवार्यजस्तै बनाएको बताए । वरिष्ठ नेता पौडेलले भने, ‘राजनीतिक बुद्धिमानी आवश्यक छ, म नेताहरूलाई सम्झाउन चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आगामी चुनावमा गठबन्धन नेपाली कांग्रेसलाई आवस्यक..." A few seconds ago

सम्बन्धित खवर