ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै स्थगित खुल्ला नक-आउट फुटबल प्रतियोगिता पुन-संचालन हुने – Satabdi News

ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै स्थगित खुल्ला नक-आउट फुटबल प्रतियोगिता पुन-संचालन हुने

माघ २१ , भाउन्ने । ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै माघ ९ गते स्थगित भएको दोस्रो योड्ग स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता -२०७८ फुटबल खेल भोलीबाट पुन सँन्चालन गरिने भएको छ।फुटबल प्रतियोगिता खेलको सम्पूर्ण तयारि सम्पन्न भएपनि अन्तिम समयमा स्थानीय प्रशासनबाट अनुमति नदिए पछि खेल रोकिएको थियो। अहिले कोरोना भाईरसको (ओमिक्रोंन) संक्रमण कम भए संगै खेल पुन संचालन हुन् लागेको खेलका संयोजक सुरज कार्कीले सताब्दी न्युजलाई बताए।

खेल संयोजक : सुरज कार्की

भोलीको उदघाटन खेल बिराटनगर एकेडेमी,बिराटनगर भर्सेज युनिक महादेब एफ. सी. ,बेलबारी ११ बिच हुनेछ। खेलमा ८ वटा टिम बीच प्रतिस्पर्धा गर्नेछ। खेलमा प्रथम हुने टिमले नगद रु ५१ हजार १ सय ५१ रुपए सहित ट्रफि, मेडल र प्रमाण पत्र , दोश्रो हुनेले रु ३१ हजार १ सय ३१ रुपए सहित ट्रफि , मेडल र प्रमाण पत्र पाउने छ।

लागुऔषध विरुद्ध जनचेतना तथा स्थानिय खेलाडी प्रोत्साहन गर्ने उधेश्यले यो खेल आयोजना गरेको आयोजक योङ्गस्टार ११ फुटबल क्लबका अध्यक्ष जोन राईले शताब्दी न्युजलाई बताए। खेल सम्पन्न गराउन देश विदेशमा हुने युबा साथिभाईहरुले सहयोग गरेको र खेललाई प्रायोजक टुबोर्गले गरेको बताए।

अध्यक्ष : जोहन राई

दोश्रो योङ्गस्टार ११ खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७८ खेल बेलबारी -८ ,गौथली चोकमा हुने भएकोछ । खेल माघ
२२ गते देखि शुरु भई माघ २९ गते गते सनिबार समापन हुनेछ ।

खेल अवधीभर खेल हेर्ने सबै दर्शकहरुलाई माक्स अनिबार्य गरिएको छ। यस्तै खेल मैदान छिर्ने प्रबेशद्वारमा साबुन पानी राखिने र हात धुएर मात्र प्रबेस गराउने कार्कीले बताए । उक्त खेल बेलबारी नगरपालिका वडा नं. ८ गौथली चोकको इम्ब्रियो खेल मैदानमा फुटबल हुनेछ । खेल ठिक २ :३० बजे शुरु हुनेछ।

टाईशिट :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै स्थगित खु..." A few seconds ago

सम्बन्धित खवर