कोरोना संक्रमित संख्या ४२ पुर्ग्यो, प्रदेश नं १ को सरकारले उदयपुरलाई सिलबन्दी गर्ने निर्णय

बैशाख ९, बेलबारी । उदयपुरमा एकैदिन थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो १ जनामा पुष्टि भएकामा साँझ फेरि बाँकी १० जनामा संक्रमित भएको तथ्य खुलेको हो । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

उदयपुरमा ८ जना कोरोना संक्रमित संगै नेपालमा संक्रमित ४० पुग्यो

बैशाख ९, बेलबारी । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमित ४० पुगेको छ । कोरोनाको परिक्षण विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य

लकडाउनः सदुपयोग गरे अवसर पनि बन्छ

बिनिता गुरुङ विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९ )को संक्रमणबाट विश्वको कुनै पनि देश अछुतो रहन सकेको छैन ।नेपाल पनि यसबाट अछुतो छैन । दिनानु संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि देशव्यापी लकडाउन गरेको हो ।लकडाउन प्रश्चात मानिसहरू घरको चौघेरामा थुनिएका छन् ।विभिन्न

नेपाल सरकारलाई १० बुद्दे सुझाब “विलासी जीवन छोडौ, सादा जीवन बिताऔँ” ; सह- अध्यक्ष राजेन्द्र श्रेष्ठ

बैशाख ८, बेलबारी । बिश्वमा फैलिएको महामारी कोरोनालाई फैलन र नियन्त्रण गर्नको लागी समाजबादी पार्टीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल सरकारलाई १० बुँदे सुझाव दिएका छन : नेपालको संविधान २०७२ को धारा ११९ को उपधारा ३ मा प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी

कोरोना कहरः जनतालाई संघीयताको अनुभुति दिलाउन सक्नुपर्छ !

रवि सेन्चुरी विश्व लगायत नेपालले पनि कोरोना भाइरसको संक्रमणले प्रत्यक्ष असर भोग्दैछ । आज कोरोना भाइरस रोकथामको प्रमुख विकल्पमध्ये लकडाउन, सोसियल डिस्टेन्स, सेल्प आइसोलेसन मानिएको छ । तर हामीले कोरोना भाइरसबाट बाच्न लकडाउन गरि रहदा विभिन्न समस्याहरु समाजमा देखापर्न थालेका छन् । नेपालले लकडाउन घोषण गरेको महिना दिन पुग्न थालेका

आठराईमा विपन्न परिवारलाई राहत वितरण

तुलसी राम धमला तेह्रथुम बैशाख ७ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशमा लकडाउन भएको समयमा विपन्न परिवारलाई जीवन चलाउन समस्या नहोस भनेर तेह्रथुमको आठराई गाउँपालिकाले विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिरहेको छ । गाउँपालिकाले लकडाउनको समयमा बिपन्न तथा ज्यालादारी गरेर जीविका चलाउदै आएका परिवारलाई समस्या हुने कुरालाई मध्यनजर

अलपत्र परेका ५० बढीको उद्धार गर्न शिङसा कल्याण केन्द्रको आग्रह

धरान । उच्च हिमाली क्षेत्रबाट जडिबुटी लिएर तराईका शहरी क्षेत्रमा झरेका परम्परागत उत्पादक तथा व्यवसायीहरु लकडाउनका कारण घर फर्कन नपाएपछि चैतमा लगाउनु पर्ने खेतीपाती लगाउन नपाउने अवस्थामा पुगेका छन् । गएको पुस, माघमा संखुवासभा जिल्लाको उत्तरी शिङसा क्षेत्र भोटखोलाबाट जडिबुटी बेच्न तराई झरेकोमा घर फिर्न नपाएका झापा, मोरङ, सुनसरी लगायत

बेलवारी उद्योग वाणिज्य संघद्धारा दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक

बेलबारी । बेलवारी उद्योग वाणिज्य संघले दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक गरेको छ । लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्दै मुल्यमा एकरुपता ल्याउन शनिवार मुल्य सुचि सार्वजनिक गरेको हो । संघका अध्यक्ष योगेन्द्र सुवेदी र महासचिव विवेक मिश्रद्धारा हस्ताक्षरित सुचनामा

धिमाल ग्रामथान भित्रको रुख गैरकानुनी रुपमा ढालियो, वनमाफियालाई कडा कार्वाहिको माग

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित धिमाल जातीय विकास केन्द्र, पथरी ग्रामथान भित्र शुक्रबार दिउँसै गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ । दिउँसो करिब २ बजे तिर एक व्यक्तिहरुको समुहले रुख ढालेको स्थानियले बताएका छन् । दुई वटा रुख ढाली सकेपछि तेस्रो रुख ढाल्दै गर्दा सेक्टर वन कार्यालय,

समाजबादी पार्टीले श्रमिक तथा सर्बहारा बर्गको पक्षमा काम नगरेको भन्दै प्रेस बिज्ञप्ती जारी

बैशाख ५, बेलबारी । यतिखेर देशमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण सबै जनताहरु त्रसित भएका छन । सरकारले लकडाउन गरेको महिनौं दिन हुन लागेको छ । देशको विभिन्न भागहरुमा काठमाडौमा आएर श्रम गरिरहेका गरिब श्रमिकहरु, विद्यार्थीहरु साना तिना ब्यबसाय गरी डेरामा बस्नेहरु घरेलु कामदार लगायतका मानिसहरु लक डाउनले गर्दा दैनिक