अलपत्र परेका ५० बढीको उद्धार गर्न शिङसा कल्याण केन्द्रको आग्रह – Satabdi News

अलपत्र परेका ५० बढीको उद्धार गर्न शिङसा कल्याण केन्द्रको आग्रह

धरान । उच्च हिमाली क्षेत्रबाट जडिबुटी लिएर तराईका शहरी क्षेत्रमा झरेका परम्परागत उत्पादक तथा व्यवसायीहरु लकडाउनका कारण घर फर्कन नपाएपछि चैतमा लगाउनु पर्ने खेतीपाती लगाउन नपाउने अवस्थामा पुगेका छन् ।
गएको पुस, माघमा संखुवासभा जिल्लाको उत्तरी शिङसा क्षेत्र भोटखोलाबाट जडिबुटी बेच्न तराई झरेकोमा घर फिर्न नपाएका झापा, मोरङ, सुनसरी लगायत जिल्ल्लमा अलपत्र परेका ५० जना भन्दा बढी लाई उद्धार गरी गाउँ सम्म पुरयाउन शिङसा कल्याण केन्द्र सुनसरी जिल्ला समितिले स्थानिय सरकार धरान उपमहानगरपालिका तथा प्रदेश १ सरकार संग माग गरेको छ । शनिवार केन्द्रले धरानमा पत्रकार सम्मेलन गरी उनिहरु समयमै फर्किन नपाउदा वर्षभरी खाने खेतिपाती गर्नबाट बन्चीत हुने अवस्था सिर्जना भएकोले यथाशिघ्र उद्धार गर्न आग्रह गरिएको जनाएको हो ।


पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा अलपत्र परेका उनीहरु खान र बस्ने समस्यामा परेका छदैछन् त्यस माथी कृषि पेशाका उनीहरुको खेती लगाउने बेला गुज्रन लागेको छ । यसबाट अहिलेको महामारीपछि भोकमरी सिर्जना हुने अवस्था रहेकाले खाद्यजन्य वस्तु उत्पादनमा आत्मनिर्भरताका लागि उनिहरु समयमा नै गाउँ पुग्न जरुरी भएको बताइएको छ । विज्ञप्तीमा सरकारबाट समेत कृषि सम्बन्धी कार्य र स्थानीय कृषिमा आधारित उद्यमहरु लकडाउनको बेला तोकिएको आचार–व्यवहार परिपालना गर्दै सञ्चालन गर्न भनिएको छ । व्यवहारिक कारणले घरबाहिर रहेका घर फिर्ने क्रममा बाटामा अलपत्र परेका मानिसहरुलाई उचित तवरबाट घरसम्म पु¥याउन विभिन्न पक्षहरुबाट माग भइरहेका साथै अदालतबाट आदेश समेत भइसकेकोले उनिहरु लाई कोरोना संक्रमण तथा अस्तव्यस्त बसाइका अवस्थामा आइपर्नसक्ने आपराधिक घटना, अन्य रोगहरुबाट समेत सुरक्षित राख्न ध्यानाकर्षणसहित उनीहरुलाई गाउँघर पु¥याउने यथोचित व्यवस्थाका लागि आग्रह गरिएको छ ।
अलपत्र परेकाहरुमा भोटखोला गाउँपालिका च्यम्ताङका छेङिक साङ्मु नुप्पासेच्या भोटे, भुटिक हमुवा, सान्जीत हमुवा भोटे, थाकमीक नुप्पा भोटे, ल्हाजीक्म हमुवा भोटे, फुपु चिप्प हमुवा भोटे, ङिमसाङमु हमुवा भोटे, नाम्टु सेकनेपेदेन भोटे, ङेरुक सेक्नपेदेन भोटे, सिरप सेक्नेपेदेन भोटे, दच्ची नुपा भोटे, रिनेन हमुवा भोटे, पासाङ लेन्डुक भोटे, मिक्मभुटिक बच्चा सहित, जम्लीङ हमुवा भोटे र गुठिगुम्बाका फेन्दो हमुवा भोटे, फुर्पु पेज्यवा भोटे, पिम्वा धर्चे पेज्यवा भोटे, छज्या भोटे, झापामा अलपत्र परेका छन् । यस्तै कासाङ हमुवा भोटे, गोवा ज्यम्याङ पेज्यवा भोटे, चिप्पा आङजीक ल्हामुछिरीङनुपा भुदरम नुप्पा भोटे, ङिन्जीक थुजिवा भोटे, जेनजेन लाहरे ३ जना परिवार, च्यप्साङ हमुवा भोटे, फुरु नुप्पा भोटे, किन्जव दम्पत्ति २ जना, रेजा भोटछेदेन, भोटे दम्पति २ जना, च्याम्जुङ भोटे धरानमा अलपत्र परेका छन् । यस्तै चिप्पा वलुक भोटे, ल्हेरुङ स्याङदरा भोटे बर्दीबास महोत्तरीमा अलपत्र परेका छन् । छाक्चीक नुप्पा भोटे ल्हाक्प तेन्जीन नुप्पा भोटे दिक्तेलमा अलपत्र परेका छन् । इन्जीन नुप्पा सेच्या भोट, सानाक नुपा सेच्या भोटे वेलवारीमा, छिरोक पेज्यवा भोटे गाईघाटमा, सांमु मदम आमा छारी २ जना काकडभिटामा, दवजिप्प हमुवा भोटे हिस्साम भोटे काठमाण्डूमा अलपत्र परेका छन् । यसैगरी गिन्दीन भोटे २ जना, दटुक भोटे, चिप्पा भोटे उर्लावारीमा, उचेन भोटे, रिन्जीन भोटे, छुमुसुर, छोलिङ भोटे, पिम्व आंमु भोटे, लाक्प भुटिक भोटे पथरी मोरङमा अलपत्र परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । खाँदबारीमा मात्र ५०÷६० जना रोकिएका छन, अन्य जिल्ला समेत गरी करीब ३५० जना सम्म जडिबुटी बेच्नेहरु लकडाउनमा फसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अलपत्र परेका ५० बढीको उद्धार गर्न शिङसा कल्याण ..." A few seconds ago

सम्बन्धित खवर