आठराईमा विपन्न परिवारलाई राहत वितरण – Satabdi News

आठराईमा विपन्न परिवारलाई राहत वितरण

तुलसी राम धमला
तेह्रथुम बैशाख ७ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशमा लकडाउन भएको समयमा विपन्न परिवारलाई जीवन चलाउन समस्या नहोस भनेर तेह्रथुमको आठराई गाउँपालिकाले विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिरहेको छ ।
गाउँपालिकाले लकडाउनको समयमा बिपन्न तथा ज्यालादारी गरेर जीविका चलाउदै आएका परिवारलाई समस्या हुने कुरालाई मध्यनजर गर्दै वडा कार्यालय मार्फत खाद्यान्न राहत सामाग्रीहरु वितरण गरेको छ।

गाउँपालिका क्षेत्रका विपन्न नागरिकलाई खाद्यान्न अभाव नहोस् भनेर राहत वितरण सुरु गरेको गाउँ पालिका अध्यक्ष मान बहादुर कन्दङवाले बताउनु भयो ।
प्रत्येक वडाका टोलविकास समितिमार्फत विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्दै आएका परिवारको तथ्यांक संकलन गरेर गाउँपालिकाले ४ सय ९० घरपरिवारका लागि खाद्यान्न वितरण गर्ने योजना सहित राहत वितरण गर्दै आएको जनाईएको छ । राहातमा ५ जना माथि परिवारसङ्ख्या हुनेलाई ३५ किलोग्राम ५ जना भन्दा मुनि परिवार हुनेलाई ३० किलोग्राम चामल , ४ किलोग्राम दाल, २।५ किलोग्राम आलु वा सोही मूल्य बराबरको मसला, १ लिटर तेल र २ ओटा साबुन गाउँपालिकाले वितरण गरेको छ । यसैबीच आठराई गाउपालिका वडान ७ थोक्लुङमा रहेका विपन्न तथा दैनिक ज्याला मजदुर गर्ने ७० परिवारलाई आईतबार राहात बितरण गरेको वडा अध्यक्ष रोहित कन्दङवाले बताउनु भएको छ ।
राहात सामाग्री पाएपछि केही मात्रामा भएपनि सहज हुने सर्वसाधारणको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आठराईमा विपन्न परिवारलाई राहत वितरण" A few seconds ago

सम्बन्धित खवर