कोरोना संक्रमित संख्या ४२ पुर्ग्यो, प्रदेश नं १ को सरकारले उदयपुरलाई सिलबन्दी गर्ने निर्णय – Satabdi News

कोरोना संक्रमित संख्या ४२ पुर्ग्यो, प्रदेश नं १ को सरकारले उदयपुरलाई सिलबन्दी गर्ने निर्णय

बैशाख ९, बेलबारी । उदयपुरमा एकैदिन थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो १ जनामा पुष्टि भएकामा साँझ फेरि बाँकी १० जनामा संक्रमित भएको तथ्य खुलेको हो । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ गरी ११ जनामा कोरोना पुष्टि भएको हो । सोमबार विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो ।

संक्रमित ८ जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन् । स्वास्थ मन्त्रालयको आधिकारिक विवरण अनुसार कुल संक्रमितको संख्या ४२ पुगिसकेको छ । गत शुक्रबार भुल्केको मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि बाँकी ४ जनामध्ये १ एकजना पनि संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमितको संख्यामा अत्याधिक उदयपुरमा देखिन थालेपछि प्रदेश सरकारले उदयपुर जिल्लालाई नै सील गर्ने निर्णय गरेको छ । चारैतिरबाट सिमाना बन्द गर्ने र अरु जिल्लाको सम्पर्क हुन नदिने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना संक्रमित संख्या ४२ पुर्ग्यो, प्रदेश नं १..." A few seconds ago

सम्बन्धित खवर