समाजवादी पार्टी नगर समिती बेलबारीद्वारा बिपत्त व्यवस्थापन कोषमा खाध्ययन सहयोग – Satabdi News

समाजवादी पार्टी नगर समिती बेलबारीद्वारा बिपत्त व्यवस्थापन कोषमा खाध्ययन सहयोग

बेलबारी । समाजवादी पार्टी, बेलबारी नगर समितीले बेलबारी नगरपालिकाको विपत्त व्यवस्थापन कोषका लागि ७ सय ७५ केजी खाध्यन्न (चामल) प्रदान गरेको छ ।
बुधबार बेलबारी नगरपालिकामा पार्टिले नगरपालिकाको विपत्त व्यवस्थापन कोषका लागि ७ सय ७५ केजी खाध्यन्न (चामल) प्रदान गरेको हो । पार्टिले बेलबारी नगरपालिकाका उप प्रमुख ढाका कुमारी पराजुली र प्रवक्ता योगेन्द्र सुवेदीलाई सो खाध्यन्न हस्तान्तरण गरेको थियो ।

लकडाउनमा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले नगरपालिकालाई खाध्यन्न हस्तान्तरण गरिएको नगर अध्यक्ष तिलक राईले बताउनुभयो । यो विपदको घडीमा सहयोग गर्ने दाताहरुलाई उप प्रमुख पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो कार्यक्रममा समाजवादी पार्टी, बेलबारी नगर समितीका अध्यक्ष तिलक राई, प्रदेश सदस्य केदार धिमाल, शान्ता मोक्तान, जिल्ला सदस्य केशव थापा मगर, विद्यार्थी नेता अशोक राई लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी पार्टी नगर समिती बेलबारीद्वारा बिपत्त ..." A few seconds ago

सम्बन्धित खवर