लकडाउनः सदुपयोग गरे अवसर पनि बन्छ – Satabdi News

लकडाउनः सदुपयोग गरे अवसर पनि बन्छ

बिनिता गुरुङ

विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९ )को संक्रमणबाट विश्वको कुनै पनि देश अछुतो रहन सकेको छैन ।नेपाल पनि यसबाट अछुतो छैन । दिनानु संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि देशव्यापी लकडाउन गरेको हो ।लकडाउन प्रश्चात मानिसहरू घरको चौघेरामा थुनिएका छन् ।विभिन्न पेशा, व्यवसायमा संलग्न पेशाक्रमी मात्र होइन,स-साना बालबच्चादेखि बृद्धबृद्धासम्म घरभित्रै बस्नु परेको छ र बस्नुको विकल्प पनि छैन ।यसरी घरभित्रै लकडाउन भएसंगै हामी सबैको दैनिकी फेरिएको छ।समय बिताउने शैलीमा परिवर्तन भएको छ।एकअर्काबीचको आपसी भेटघाट सामाजिक दुरीमा परिणत भएको छ । दैनिक बिधालय जान व्यस्त बालबच्चाहरू घरमा अव्यस्त हुन थालेका छन् ।आफ्नै पेशा वा व्यवसायमा सधै दौडधुप गर्नेहरूका लागि अहिले परिवार र बालबच्चाहरूसँग समय बिताउने अवसर मिलेको छ।

अहिले मानिसहरू धेरै फुर्सदिलो भएको छ।यो समय हामीसँग आफू र आफ्नो परिवारका लागि प्रशस्तै समय छ। यो समय परिवारका लागि समय दिने एउटा सुनौलो अवसर पनि हो । कयौं बर्षदेखि परिवारसँग गर्न नपाएका ती सुखदुःखका पलहरूबारे एकअर्काबीच स्मरण गर्ने समय मिलेको छ। कयौं बर्ष देखि पढ्न भनेर थन्किएका किताबहरूका पानाहरू पल्टाएर पढ्ने समय मिलेको छ। यी कुरालाई मध्यनजर गर्दै लकडाउनको सदुपयोग गर्ने हो भने यो एउटा अवसर बन्न सक्छ ।
अतः सरकारले तोकेको लकडाउनको एउटा सभ्य नागरिक भएर पालन गरौ, देशका लागि दिनरात खट्ने राष्ट्रसेवकलाई सहयोग गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउनः सदुपयोग गरे अवसर पनि बन्छ" A few seconds ago

सम्बन्धित खवर