उदयपुरमा ८ जना कोरोना संक्रमित संगै नेपालमा संक्रमित ४० पुग्यो – Satabdi News

उदयपुरमा ८ जना कोरोना संक्रमित संगै नेपालमा संक्रमित ४० पुग्यो

बैशाख ९, बेलबारी । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमित ४० पुगेको छ ।

कोरोनाको परिक्षण विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । यो समेत उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उदयपुरमा ८ जना कोरोना संक्रमित संगै नेपालमा संक..." A few seconds ago

सम्बन्धित खवर