वालेनले ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी

१२ कार्तिक, मोरङ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । बालेनले सुकुम्बासी प्रकरणमा ओलीको धारणा थाहा पाएको भन्दै यस्तो धारणा आउनु सामान्य विषय भएको टिप्पणी गरेका छन् । 'अधिकारसम्पन्न

मेयर हर्क साम्पाङ्गले किने एक हल गोरु।

धरान। धरान उप महा नगरपालिकाका मेयर हर्क साम्पाङ्गले JCB र लोडर किनेका छन। राज्यले दिने गाडी सुबिधाको करडौ पैसालाई सदुपयोग हुनेगरि १ JCB र १ लोडर करिब १ करोड हाराहारीमा किनेको स्रोतबाट खुल्न आएको छ। मेयर हर्क साम्पाङ्गले उक्त गाडिलाई एक हल गोरुको संज्ञा दिएका छन्। धरान उपमहानगर पालिकाको प्रमुखको

थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव, ३०० नगर प्रहरी परिचालन

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।  सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी

पहिचानबादी अशोक राईको संसद प्रबेश

१२ मंसिर धरान । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर संसद प्रबेश गरेका छ्न । सोमबार (आज) बिहान ५:४० मा सम्पन्न मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन (गोमा) तामाङलाई पराजित गर्दै जसपा उम्मेदवार राई विजयी भएका हुन् ।

घन्टीलाई पछि पार्दै अशोक कुमार राईको अग्रता

११ मंसिर, मोरङ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम अनुसार सुनसरी निर्वाचन क्षेत्र १ मा एमाले जसपा साझा उम्मेदवार अशोक राईले अग्रता लिएको छ । लगातार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टिले अग्रता लिइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को मतगणना सकिदा अशोक राईले अग्रता लिएको हो ।

अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’

१० मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।

कतार विश्वकप अवधिमा ७.५ अर्ब डलर कमाउदै फिफाको आम्दानीमा नंया रेकर्ड

५ कार्तिक, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को आम्दानीमा रेकर्ड विन्दुमा पुगेको छ । सन् २०२२ को कतार विश्वकपका लागि भएको चार वर्षको व्यावसायिक सम्झौतामा ७.५ अर्ब अमेरिकी डलर आम्दानी भएको फिफाले जानकारी गराएको छ । फिफाले आफ्ना २०० भन्दा बढी सदस्य राष्ट्रका अधिकारीहरु समक्ष आइतबार आम्दानीको बारेमा जानकारी

प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी भएका हुन् । निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । निर्वाचन आयोगले मतपरिणाको

चुनावका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन

३ मंसिर, काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने

मोरङको सुन्दरहरैचाबाट एक ट्रक चामल प्रहरीको नियन्त्रणमा

मंसिर ०३, सुन्दरहरैचा । गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीका अनुसार हिजो बेलुका ट्रकमा ल्याइएको चामल ल्याएर राईको घरमा राखिएपछि स्थानीयले घर घेरेका थिए । आज