घन्टीलाई पछि पार्दै अशोक कुमार राईको अग्रता

११ मंसिर, मोरङ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम अनुसार सुनसरी निर्वाचन क्षेत्र १ मा एमाले जसपा साझा उम्मेदवार अशोक राईले अग्रता लिएको छ । लगातार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टिले अग्रता लिइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को मतगणना सकिदा अशोक राईले अग्रता लिएको हो ।

अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’

१० मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।

कतार विश्वकप अवधिमा ७.५ अर्ब डलर कमाउदै फिफाको आम्दानीमा नंया रेकर्ड

५ कार्तिक, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को आम्दानीमा रेकर्ड विन्दुमा पुगेको छ । सन् २०२२ को कतार विश्वकपका लागि भएको चार वर्षको व्यावसायिक सम्झौतामा ७.५ अर्ब अमेरिकी डलर आम्दानी भएको फिफाले जानकारी गराएको छ । फिफाले आफ्ना २०० भन्दा बढी सदस्य राष्ट्रका अधिकारीहरु समक्ष आइतबार आम्दानीको बारेमा जानकारी

प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी भएका हुन् । निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । निर्वाचन आयोगले मतपरिणाको

चुनावका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन

३ मंसिर, काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने

मोरङको सुन्दरहरैचाबाट एक ट्रक चामल प्रहरीको नियन्त्रणमा

मंसिर ०३, सुन्दरहरैचा । गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीका अनुसार हिजो बेलुका ट्रकमा ल्याइएको चामल ल्याएर राईको घरमा राखिएपछि स्थानीयले घर घेरेका थिए । आज

विराटनगर जोगबनी नाका बन्द, सुरक्षा स्थिति कडा

मंसिर ०२, बेलबारी । मंसिर ४ गते हुन लागि रहेको आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले मंसिर १ राति १२ बजेदेखि ४ गते रातिसम्मका लागि सीमा बन्द गरेको हो । निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय खेल

२ मंसिर, काठमाण्डाै । यूएईलाई हराउँदै नेपालले एकदिवसीय खेल जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे । यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८

नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ

२ मंसिर, मोरङ । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट

मौन अवधिमा प्रचारप्रसार गरे २५ हजार जरिवाना

२ मंसिर, काठमाडौं । आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिन भन्दा ४८ घन्टा अघि देखि मतगणनाको काम पूरा नभए सम्मको अवधिमा दल तथा