उपत्यका विकास प्राधिकरणको चेतावनी; ३५ दिनभित्र खोला किनारको बस्ती खाली नगरे आफै हटाउने – Satabdi News

उपत्यका विकास प्राधिकरणको चेतावनी; ३५ दिनभित्र खोला किनारको बस्ती खाली नगरे आफै हटाउने

१३ मंसिर, काठमाडौं । काठमाडौ उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना खाली गर्न आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना निकालेर ३५ दिनभित्र काठमाडौं उपत्यका भित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना खाली गर्न अनुरोध गरेको छ । तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख छ ।

सोमबार सुकुम्वासी बस्तीमा काठमाडौं महानगर तथा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो । महानगरको नगरप्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्वासीले घरेलु हतियारसहित ढुंगामुढा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उपत्यका विकास प्राधिकरणको चेतावनी; ३५ दिनभित्र ..." A few seconds ago

सम्बन्धित खवर