३ मंसिर, काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने जानकारी दिएको छ ।
जसमा नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख ११५ हजार परिचालन हुनेछन् ।
यस्तै, चुनाव विथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतामाथि सरकारले निगरानी बढाउने भएको छ । सो पार्टीले देशका विभिन्न स्थानमा बम विस्फोट गराइ चुनावको वातावरण विथोल्ने प्रयास गरेपछि सरकारले निगरानी बढाउने निर्णय गरेको छ ।