वालेनले ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी – Satabdi News

वालेनले ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी

१२ कार्तिक, मोरङ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

बालेनले सुकुम्बासी प्रकरणमा ओलीको धारणा थाहा पाएको भन्दै यस्तो धारणा आउनु सामान्य विषय भएको टिप्पणी गरेका छन् । ‘अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो ।’

उनले सरकार सञ्चालनका बेला ओलीले सुकुम्बासीका बारेमा के गरे भन्ने प्रश्न पनि उठाएका छन् । ‘मन्त्री र पटक-पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन,’ बालेनले लेखेका छन्, ‘सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवस ।’

अहिले परिस्थिति फेरिएको भन्दै बालेनले कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न ओलीलाई चेतावनी दिएका छन् । ‘तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला,’ बालेनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वालेनले ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्..." A few seconds ago

सम्बन्धित खवर