५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी भएका हुन् ।
निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी रहेको छ ।