थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव, ३०० नगर प्रहरी परिचालन – Satabdi News

थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव, ३०० नगर प्रहरी परिचालन

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।  सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा त..." A few seconds ago

सम्बन्धित खवर