
अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव।
२९ वैशाख २०७८, बुधबार। अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ठूलो संख्यामा बढिरहेको अवस्थामा अमेरिकाको विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ । नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ ।