बैशाख ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा आवेदन फारम र रजिष्ट्रेशन फारम भर्ने समय स्थगित गरेको जनाएको छ ।
हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड– १९ को दोस्रो लहरको प्रकोपबाट सम्पूर्ण मुलुक आक्रान्त भइरहेको अवस्थामा यसअघि प्रकाशित सूचनाअनुसार तय भएको परीक्षा आवेदन भर्ने समय स्थगित भएको सो सूचनामा उल्लेख गरिएको छ ।