अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव। – Satabdi News

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव।

२९ वैशाख २०७८, बुधबार। अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ठूलो संख्यामा बढिरहेको अवस्थामा अमेरिकाको विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ ।

नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यस्तोमा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने प्रस्ताव गरेको छ । तर, यस विषयमा सरकारले कुनै जवाफ नदिएको दूतावासले बताएको छ ।

यसअघि आफ्नो घर फर्किनको लागि नाम दर्ता नगराएका मानिसले आफ्नो नाम दर्ता गराउन दूतावासले आग्रह गरेको छ । सरकारले अनुमति दिएको अवस्थामा दूतावासले अमेरिकी नागरिकहरुलाई यस विषयमा जानकारी उपलब्ध गराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव।" A few seconds ago

सम्बन्धित खवर