प्रधानमन्त्रीलाई देउवाको प्रश्न : अरुमाथि दोष थोपरेर जिम्मेवारीबाट भाग्न पाउनुुहुन्छ ?
वैशाख २७, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए ।

