वनमन्त्री आलेलाई पन्छाएर प्रधानमन्त्री ओलीले एनटिएनसीमा ओली भित्र्याए – Satabdi News

वनमन्त्री आलेलाई पन्छाएर प्रधानमन्त्री ओलीले एनटिएनसीमा ओली भित्र्याए

कृष्ण प्रसाद ओली

२६ वैशाख २०७८, आइतबार । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षमा नयाँ नियुक्ति गरेका छन् ।  एनटिएनसीका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेलाई पन्छाएर राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओलीलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

राजतन्त्रमा राजाले अध्यक्ष मनोनित गर्थे । गणतन्त्रसँगै वनमन्त्री नै एनटिएनसीमा अध्यक्ष मनोनित हुँदै आएकामा प्रम ओलीले अन्यलाई जिम्मेवारी दिएका हुन् ।  साढे चार महिना निवर्तमान वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई नै अध्यक्षको निरन्तरता दिएका प्रधानमन्त्रीले बिहीबार मात्र आयोगका सदस्य ओलीलाई मनोनित गरे । उनले शुक्रबार पदभार सम्हालेका छन् ।

प्रेम बहादुर आले

 राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ मा प्रधानमन्त्री कोषका संरक्षक हुने व्यवस्था छ । राजतन्त्रताका राजा कोषका संरक्षक रहन्थे ।  प्रधानमन्त्रीले पाँच वर्षकालागि अध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । ‘एनटिएनसीका हरेक क्रियाकलाप वन मन्त्रालयसँग जोडिन्छ, मन्त्रालयले नै समन्वय गरिदिनुपर्ने हुन्छ, तर, मन्त्रालयमा टच नभएकालाई अध्यक्ष बनाउँदा पावरलेस हुन्छन् कि भन्ने भय पनि छ,’ एनटिएनसीका एक अधिकारीले भने, ‘सकारात्मक पाटो वन विज्ञान बुझेका मान्छेलाई नियुक्ति दिनु हो ।’

अर्थ सचिव शिशिरकुमार ढुंगाना, वन सचिव पेमनारायण कँडेल, पर्यटन सचिव यादव कोइराला बोर्ड सदस्य छन् । त्यस्तै, चितवनका गिरिराज त्रिपाठी र मीनाकुमारी न्यौपाने, सिन्धुपाल्चोकका सरल सहयात्री र शम्भु दंगाल, कास्कीका रामराज रेग्मी, काठमाडौंकी स्वाती थापा, नर्वेका पर वेग र झु झाओ पनि एनटिएनसीको सदस्य छन् ।

एनटिएनसीमा समितिका अध्यक्ष, सदस्य वा अन्य पदाधिकारीले पारिश्रमिक भत्ता तथा अन्य सुविधा पाउने व्यवस्था छ ।
शरद अधिकारी गत पुसमा कोषको सदस्यसचिवमा नियुक्त भएका थिए । एनटिएनसीले अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्र आयोजना व्यवस्थापन गर्दै आएको छ । यसैगरी, ललितपुरस्थित सदर चिडियाखाना पनि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वनमन्त्री आलेलाई पन्छाएर प्रधानमन्त्री ओलीले एन..." A few seconds ago

सम्बन्धित खवर