
मेयर र उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स र टिपरलाई शववाहन बनाउने नगरपालिकाको निर्णय
२३ वैशाख २०७८, बिहीबार। डडेल्धुराको अमरगढी नगरपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दै आएकाे गाडीलाई एम्बुलेन्स बनाउने निर्णय भएको छ । नगरप्रमुख र उपप्रमुख चढ्ने २३९ नम्बरकाे बोलेरो जिप जनताका लागि एम्बुलेन्स बनाउने र नगरपालिकाको टिपरलाई शववाहन बनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यक्ष बताए । सरकारी गाडीलाई यसरी एम्बुलेन्स र शववाहन बनाउने