प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्विप

२५ वैशाख २०७८, शनिबार । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको संसदीय दलको बैठकले आगामी सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान

नेपाललाई ‘रेड जोन’मा राखिएको बेलायतको घोषणा

बैशाख २५, काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले कोभिड-१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’ मा राखिएको घोषणा गरेका छ्न । विदेशी यात्राका

कोरोना संक्रमित प्रतिनिधिसभा सांसदको संख्या १८ पुग्यो

२५ वैशाख २०७८, शनिबार। कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर

चिनियाँ कम्पनी सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

२५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो । सिनोफार्मको खोप चीनले यसअघि

९० रुपैया पर्ने एन्टिबायोटिक इन्जेक्सनलाई ८ देखि १५ हजार सम्म बिक्रि

२५ वैशाख २०७८, शनिबार । दोस्रो चरणको कोरोना संक्रमण तीब्र रुपले फैलिएर सिकिस्त बिरामीको संख्या बढ्न थालेसँगै विराटनगरमा औषधी पसलेहरुले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनमा नक्कली लेबल टाँसेर सक्कली रेमडेसिभिर औषधी भन्दै १५ हजार सम्म लिएर बिक्रि गर्ने गरेको खुलेको छ । दोस्रो चरणको कोरोना संक्रमण अवधिमा औषधीको चरम अभाव

संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर : माधव नेपाल

२५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन्

विराटनगरमा आइसियू बेड भरिए, बिरामीको नाम टिप्दै फर्काउँदै

२५ वैशाख, विराटनगर । कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् । आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड

छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले १२ जनालाई प्रदान गर्ने निर्णय

२५ वैशाख २०७८, शनिबार । छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले प्रदान गर्ने जनही एक–एक लाख राशिको सो पुरस्कार १२ जनालाई प्रदान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार आयोजित कार्यक्रममा घोषणा गरेको हो । हरेक वर्ष नियमित रूपमा प्रदान गरिने वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार गत वर्ष

नेपालमा रोकिएका विदेशीलाई भिसामा सहजिकरण गरिने

२४ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले भिसामा सहजिकरण गर्ने भएको छ । अध्यागमन विभागका अनुसार १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधि भित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिन

एकै दिन ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

बैशाख २४, काठमाडौ । कोरोनाको संख्या पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार