एकै दिन ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु – Satabdi News

एकै दिन ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

बैशाख २४, काठमाडौ । कोरोनाको संख्या पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट आज मात्र ५० जनाको मृत्यु भएको छ । भने हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसै अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको स्रोतले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एकै दिन ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जना..." A few seconds ago

सम्बन्धित खवर