योद्ध सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएको रक्ताम्मे कपडाको लिलामी – Satabdi News

योद्ध सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएको रक्ताम्मे कपडाको लिलामी

बैशाख २४, काठमाडौ । विश्व इतिहासका चर्चित योद्धा, शासक तथा सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएका कपडाको लिलामी हुने भएको छ । फ्रान्सेली राज्यक्रान्तिमा उदाएर पछि फ्रान्सका सम्राट बनेका नेपोलियन बोनापार्टको मृत्युको दुई सयौँ वर्षको अवसरमा उनका रक्ताम्मे कपडाहरुको लिलामी हुन लागेको हो ।

नेपोलियन बोनापार्टको मृत्यु ५१ वर्षको उमेरमा सन् १८२१ को मे ५ तारेखमा भएको थियो । सन् १८१५ को वाटरलूको युद्धमा बेलायतसँग पराजित भएसँगै देश निकाला भई आन्ध्र महासागरीय टापु सन्ट हेलेनामा बेलायती सेनाद्धारा कैदी बनाएर राखिएकै अवस्थामा उनको मृत्यु भएको थियो । मृत्युपछि पोष्टमार्टम गर्ने बेलामा रगतले भिजेका उनको जिउका कपडाहरु लिलामी गर्न लागिएको स्रोतले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "योद्ध सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम..." A few seconds ago

सम्बन्धित खवर