बेलायतमा भुतपुर्ब गोर्खा बिष्णु गुरुङ मेयरमा निर्वाचित – Satabdi News

बेलायतमा भुतपुर्ब गोर्खा बिष्णु गुरुङ मेयरमा निर्वाचित

शिब भण्डारी

बैशाख २२, लन्डन । बेलायत स्थित एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ स्थानीय मेयरमा निर्वाचित भएका छन् । काउन्सिलर गुरुङ लण्डन बरो अफ हन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन् ।

यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ स्थानीय निर्वाचनमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा बाटै मेयर बनेका हुन् । 

पेशाले बस चालक गुरुङ पहिलोपटक सन् २०१४ मा लण्डन बरो अफ होउन्स्लो काउन्सिलको ह्यान्वर्थ वार्डबाट लेबर पार्टीको तर्फबाट उनी काउन्सिलर पदमा निर्वाचित भएका थिए । सोही वर्ष उक्त काउन्सिलमा उप-मेयर पदमा निर्वाचित हुने अवसर समेत उनलाई नै मिलेको थियो । सन् २०१८ मा लेबर पार्टीको तर्फबाट ह्यानवर्थ वार्डको काउन्सिलर पदमा पुन निर्वाचीत भएका थिए।लेबर पार्टीको बाहुल्यता रहेको होउन्स्लो काउन्सिलमा उनको सामाजिक क्रियाकलाप, लेबर पार्टी प्रतिको जिम्मेवारी तथा काउन्सिलरहरु सँगको सहकार्यको आधारमा उनी मे ४ तारिकमा लण्डन वरो अफ होउन्स्लोको मेयर पदमा निर्वाचित भएका हुन् ।

ब्रिगेड अफ गोर्खाजमा लामो समय सेवा गरेका उनी गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष हुन् । आर्मड फोर्सेस च्यारिटी (एसएसएफए) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयंसेवी भूमिकामा पनि छन् ।

‘यो जित म, मेरो जन्मभूमि र समस्त नेपालीको जित हो’, बुधबार बिहान लण्डन बरो अफ हन्स्लो,काउन्सिल सेन्टरमा मेयर निर्वाचित भएपछि लन्डन नेपाल न्युजका प्रधान सम्पादक:शिब भण्डारी संग उनले भने आफ्नो योगदान र अनुभवले मेयरको जिम्मेवारी पाएको छु ,कम चुनौतीपूर्ण छैन्’, उनले सुनाए, ‘तर, म मेरो दायित्वबाट कत्ति विचलित नभइ स्थानीय जनताको विश्वास जितिरहने छु ।’उनले भने ।‘म वास्तवमा बहु-सांस्कृतिक, बहु भाषिक,समुदायसंग काम गर्न उत्सुक र स्थानीय वासिन्दाको जीवनस्तर उकास्न समर्पित रहनेछु’, गुरुङले भने।

लण्डन बराे अफ होउन्स्लोको ५६औं मेयरमा निर्वाचीत भए पछि गुरुङ्गले यो ठूलो सम्मान र गौरव भएको बताउँदै सम्पुर्ण काउन्सिलरहरु, पुर्व मेयर, उप-मेयर, स्थानिय सहयोगी, शुभ चिन्तक सबै प्रति हार्दीक धन्यवाद व्यक्त गरेका छन्।

नेपालको गोर्खा जिल्लाको बार्पाक, सुलिकोट गाउँपालिका सौर्पनी ४, फुन्चोक्मा जन्मीएका पूर्व ब्रिटिश गोर्खा स्टाफ सार्जेंट बिष्णु बहादुर गुरुङ्ग गोरखा ब्रिटिश सशस्त्र सेनाको ब्रिगेड बाट सन् १९९५ मा सेवा निर्वृत भएका थिए ।

उनले हङकङ, ब्रुनाई, सिंगापुर र बेलायतमा समेत सेवा गरिसकेका छन् । उनी नेपाली तथा वेलायतको विभिन्न् सामाजिक संघसंस्थामा आवद्ध हुनुका साथै विशेष गरी रिटायर आर्मीहरुको लागि विभिन्न माध्यमबाट सहायोग पुराई रहेका छन् । उनी सानै उमेरदेखि बाबुको रिटायर ब्रिटिश आर्मी जीवन तथा राजनीतिबाट प्रभावित भएको बताउँदै आएका छन् । वेलायतको प्रतिपक्षी लेबर पार्टीमा आवद्ध रहेर राजनितिमा नजिक हुँदै आएका उनी नेपालको राजनीतिमा भने खासै चाख देखाउँदैनन् ।
बिष्णु बहादुर गुरुङ्गले विभिन्न क्षेत्रमा गरेकाे अनुकरणीय सेवा तथा आचरणका कारण विभिन्न पदकबाट समेत सम्मानित भएका छन्।

बेलायतमा नेपाली मुलबाट यहाँका काउन्सिलहरुमा मेयर निर्वाचित हुने गुरुङ तेस्रो बनेका छन् । यसअघि यहाँको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए ।

बेलायतको केन्द्रिय राजनीतिमा नेपालीको प्रवेश हालसम्म हुन नसकेपनि स्थानीय राजनीतिमा उनीहरुको संलग्नता पछिल्ला वर्ष बढ्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलायतमा भुतपुर्ब गोर्खा बिष्णु गुरुङ मेयरमा नि..." A few seconds ago

सम्बन्धित खवर