'भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन' – Satabdi News

‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन’

२६ वैशाख २०७८, आइतबार । नेकपा एमालेकी नेतृ तथा सांसद गंगा चौधरीले सांसद पदबाट आफ्नो राजीनामा नआउने स्पष्ट पारेकी छिन् ।

केही सञ्चार माध्यममा राजीनामा दिने सांसदको सूचीमा आफ्नो समेत नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सांसद चौधरीले भनिन्, ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन ।’ त्यस्तै उनले आफुले मुलधारको नेकपा एमाले छोडेर अलपत्र पर्न कतै नजाने बताएकी छिन् ।उनले भनिन्, ‘म सुरु देखि नै पार्टी एकताको पक्षमा छु।  जनताको आघात स्नेह र माया भएको नेकपा एमाले र सूर्य चिह्न छोडेर म कतै जाँदिन र अरु पनि जानु हुँदैन ।’ कठिन परिस्थितिमा सबैले त्याग गरेर नेकपा एमाले संग्लो रुपमा राख्नु पर्ने उनको धारणा छ।

माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने खबर सार्वजनिक भएपछि सांसद चौधरीले आफ्नो धारणा राखेकी हुन् । खनाल–नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा..." A few seconds ago

सम्बन्धित खवर