गाँस कटाएर खाडीका श्रमिकले पठाए सिलिन्डर

२ जेठ २०७८, शनिबार ।  आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा

सपथ ग्रहणमा राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरे, तत्काल कारबाही माग; डा. भीमार्जुन आचार्य

१ जेठ, काठमाडौ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिने क्रममा हिजो प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले पूनः प्रतिज्ञा गर्छु भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले त्यो पर्दैन भनेको विषयमाथि गम्भीर टिप्पणी गरेका छन् । आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको, लोकको कुनै

पुन के पी ओली प्रधानमन्त्रीमा नियुक्त: मन्त्रिपरिषद् विस्तार (नामावली सहित )

१ जेठ २०७८, शनिबार। राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार प्रधानमन्त्रीमा पुन के पी ओली नियुक्त भएका छन्। प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन

उपेन्द्र यादवको मधेशि नेताहरुलाई प्रश्न : ओलिले केके माग पुरा गरि दिए?

वैशाख ३१ - जनता समाजवादि पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै दलका मधेशि नेताहरुलाई ओलिले मधेशको केके माग पुरा गरिदिए भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलिलाई महन्त ठाकुर पक्षले सरकार टिकाउन सहयोग गरेको भोलि पल्ट अध्यक्ष यादवले १२ बुदे प्रश्न द्वारा आफ्नै दलको ठाकुर पक्षका नेताहरुलाई यस्तो जिज्ञासा् राखेका

तेस्रो पटक प्रधानमन्त्री बने केपी शर्मा ओली: आज शपथ ग्रहण गर्दै

३१ वैशाख २०७८, शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही

जसपाकाे महन्थ–राजेन्द्र पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमा

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको छ । सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो । रिसोर्टमा पुगेका एक सांसदले बैठकका लागि आएको  बताए । अध्यक्ष ठाकुर र महतोले बिहीबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

सांसदहरुलाई ओलीको आग्रह : सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनु अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन्

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीकोे मृत्यु

३० वैशाख २०७८, बिहीबार । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । स्विट्जरल्यान्डका आरोही अब्दुल वाहिड वारैच र अमेरिकी आरोही लिउ पुवेईको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको सगरमाथा आधार शिविरका  सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका

वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोनाका कारण निधन

३० वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि

ओली–नेपाल एकतातिर : नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

३० वैशाख २०७८, बिहीबार । नेकपा एमालेको संस्थापन पक्षको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए । ‘उहाँहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय भएको छ, पार्टी अध्यक्ष