तेस्रो पटक प्रधानमन्त्री बने केपी शर्मा ओली: आज शपथ ग्रहण गर्दै

३१ वैशाख २०७८, शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही

जसपाकाे महन्थ–राजेन्द्र पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमा

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको छ । सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो । रिसोर्टमा पुगेका एक सांसदले बैठकका लागि आएको  बताए । अध्यक्ष ठाकुर र महतोले बिहीबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

सांसदहरुलाई ओलीको आग्रह : सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनु अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन्

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीकोे मृत्यु

३० वैशाख २०७८, बिहीबार । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । स्विट्जरल्यान्डका आरोही अब्दुल वाहिड वारैच र अमेरिकी आरोही लिउ पुवेईको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको सगरमाथा आधार शिविरका  सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका

वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोनाका कारण निधन

३० वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि

ओली–नेपाल एकतातिर : नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

३० वैशाख २०७८, बिहीबार । नेकपा एमालेको संस्थापन पक्षको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए । ‘उहाँहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय भएको छ, पार्टी अध्यक्ष

कोरोना संक्रमणबाट काठमाडौ जिल्ला न्यायाधीश बासुलाल श्रेष्ठको निधन

 ३० बैशाख, काठमाडौ । कोरोना संक्रमणको कारण काठमाण्डौ जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश वासुदेव लाल श्रेष्ठको निधन भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो। उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा

बिदेशमा रहेका नेपालीले ७५ लाखको ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने, आइतबारसम्म आइपुग्ने

३० वैशाख, काठमाडौं । नेपालको को’भिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले बताए । खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त

कोरोना महामारीको बेला कर्णाली प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रीको संख्या थपियो

२९ वैशाख २०७८, बुधबार। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसको महामारीको बेला मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरेका छन् । सात वटा प्रदेश सरकारहरुमध्ये कार्यसम्पादन सबैभन्दा कमजोर भएका मुख्यमन्त्री शाहीले सांसदको चित्त बुझाउन मन्त्रालय नै फुटाएर मन्त्री नियुक्त गरेका हुन । शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिंचाई, खानेपानी र जलस्रोत

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा : पृथ्वी सुब्बा गुरुङ पुन नियुक्त

२९ वैशाख २०७८, बुधबार । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी