जसपाकाे महन्थ–राजेन्द्र पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमा – Satabdi News

जसपाकाे महन्थ–राजेन्द्र पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमा

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको छ ।

सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो । रिसोर्टमा पुगेका एक सांसदले बैठकका लागि आएको  बताए ।

अध्यक्ष ठाकुर र महतोले बिहीबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । शेरबहादुर देउवासँग भेटे लगत्तै सांसदहरुलाई पार्टी कार्यालयमा बोलाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीबार बेलुका ९ बजेसम्मको समय दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपाकाे महन्थ–राजेन्द्र पक्षका सांसदहरु भक्तपुर..." A few seconds ago

सम्बन्धित खवर