सपथ ग्रहणमा राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरे, तत्काल कारबाही माग; डा. भीमार्जुन आचार्य – Satabdi News

सपथ ग्रहणमा राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरे, तत्काल कारबाही माग; डा. भीमार्जुन आचार्य

१ जेठ, काठमाडौ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिने क्रममा हिजो प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले पूनः प्रतिज्ञा गर्छु भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले त्यो पर्दैन भनेको विषयमाथि गम्भीर टिप्पणी गरेका छन् ।

आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको, लोकको कुनै आदर र कदर बाँकी नरहेको पनि बताएका छन् । सपथग्रहण गर्दाको सानो भिडिओ क्लिपसमेत सेयर गर्दै डा. आचार्यले भनेका छन्-“धिक्कार छ !…. अब पदको, संविधानको, लोकको कुनै आदर र कदर बाँकी रहेन। संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो । राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेका छन । तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरि कारवाही अघि बढोस् ।

”राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरे, तत्काल कारबाही अघि बढोस् : डा. आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सपथ ग्रहणमा राष्ट्रपति र प्रधानमन्त्रीले जानीजा..." A few seconds ago

सम्बन्धित खवर