बादललाई दोहोरो झट्का: राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पराजित , गृहमन्त्रीबाट पदमुक्त
६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई बिहीबार दोहोरो झट्का लागेको छ ।सर्वोच्च अदालतको आदेशमा गृहमन्त्रीबाट पदमुक्त भएको दुई घण्टापछि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उनी पराजित भए । बादललाई एमालेकै माधवकुमार नेपाल समूहका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटाले ५०८८ र बादलले ४०१४ मतभार पाए

