राष्ट्रपतिको कूटनीतिक सक्रियता: चीनद्वारा १० लाख डोज खोप अनुदानमा दिने घोषणा
१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । चीनका राष्ट्रपति सीले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका

