शताब्दी संवादको भर्जुअल संबादमा बेलबारी नगरप्रमुख र स्वास्थ प्रमुख – Satabdi News

शताब्दी संवादको भर्जुअल संबादमा बेलबारी नगरप्रमुख र स्वास्थ प्रमुख

८ जेठ, बेलबारी । भर्चुअलको माध्यमबाट शताब्दी न्युजले शताब्दी संबादको कार्यक्रम आज देखि शुरु हुने भएको छ । कोरोनाको यस्तो महामारी स्थितिमा स्थानीय सरकारको भुमिका के रहन्छ ? स्थानीय सरकार जनताप्रति बफादार भएर काम गरेको छ वा छैन ? भन्ने बिषयमा केन्द्रित भएर आजको कार्यक्रम शुरु हुने भएको छ । कार्यक्रमका अतिथि बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र स्वास्थ प्रमुख सन्तोष गतहराज हुनु हुन्छ, सहजकर्ताको रुपमा अशोक राईले कार्यक्रम संचालन गर्ने भएका छ्न ।

२०६८ सालको जनगणना अनुसार बेलबारीको जनसंख्या ६५ हजार ९ सय ७४ रहेको छ । जनसंख्या वृद्धिसंगै २०७४ सम्ममा ७५ हजार ५ सय ९५ जना जनसंख्या रहेको अनुमान गरिएको छ । बेलबारीमा कोरोना बढेसंगै निको हुने संख्यामा पनि त्यतिकै आशाबादी नतिजा आईरहेको अबस्था पनि छ । तर बढ्दो कोरोना नियन्त्रणको लागि कस्ता चुनौती छ्न ? स्थानीय सरकारले यस महामारीमा समयमा गरेको काम प्रती जनताहरु कत्तिको सन्तुष्टि छ्न ? यावत प्रश्नहरुको कार्यक्रममा उठान हुने प्रयास गरिनेछ ।

शताब्दी संवाद कार्यक्रम आज दिउँसो २ बजेबाट शताब्दी न्युजको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ । कार्यक्रममा जोडिनु चाहनु हुनेले जुम आईडी २७९५४५०४७४ र पासकोट SHATABDI लग इन गरेर आफ्नो प्रश्नहरुको अतिथिलाई राख्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शताब्दी संवादको भर्जुअल संबादमा बेलबारी नगरप्रम..." A few seconds ago

सम्बन्धित खवर